मोटरसाईकलमा आगोलागी भई घाईते

कपिलवस्तु, १२ मंसिर,
गुडिरहेको मोटरसाइकलमा आगालागी हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ०४ बस्ने कमल अधिकारी र सन्तोष अधिकारी रहेका छन् । मिति २०७६।०८।११ गते अन्दाजी १७:२५ बजे तौलिहवा सड्क खण्डमा मट्टितेल बोकि जाँदै गरेको लु. २३ प. २८३४ नं. को मोटरसाईकलमा मट्टितेल पोखिन गई अचानक आगलागी हुदाँ मोटरसाइकल चालक कमल अधिकारी र सोही मोटरसाईकलको पछाडी सवार निजको छोरा सन्तोष अधिकारीको दुबै खुट्टाको तिघ्राको भाग जलेको छ । घाइतेहरुको सि.एन.सि.अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल पूर्णरुपमा जली नष्ट भएको ईलाका प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।