ने.क.पा. क्रान्तिकारी माओवादी पक्राउ

बाँके, १२ मंसिर
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन बैद्य समुह) का कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा केन्द्रिय सदस्य भुपेन्द्र न्यौपाने सहित प्रेम थापा, ह्रिदेश शाह, बिक्रम शाही, तारा बि.क., धिरेन्द्र सिङ, शुरेस वली, पुम पोखरेल, पविराम आचार्य, विपिन रोकाय लगायतका कार्यकर्ता रहेका छन् । चुनाव बिथोल्ने योजना सहित जिल्ला स्थित कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा चुनाब बहिष्कार गरौ भन्ने नारा र ब्यानर सहित हिडेकाले निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ।