चरेस सहित मानिस नियन्त्रण

गुल्मी, १२ मंसिर
लागूऔषध चरेस सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठान जिल्ला, गौमुखी गाउँपालिका वडा नं. ३ रजबारा बस्ने वर्ष ३३ को बलराम पुन रहका छन् । गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं. ३ बाट पुनलाई २६ किलो चरेस सहित ५ नं. प्रदेश प्रहरी कार्यालयको व्युरो टोलीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय ओखरकोट प्यूठानमा बुझाएको र घट्नाको थप अनुसन्धान भई रहेको छ ।