सवारी दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते

कपिलबस्तु, १३ मंसिर
कृष्णनगर नगरपालिका वडा नं.०९ डेवाचोक स्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा अन्दाजी २०:०० बजेको समयमा कृष्णनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९२०८ नं.को बसले साईकललाई ठक्कर दिँदा साईकल यात्री ऐ,बस्ने बर्ष ४० को जगराम कहार घाईते भई उपचारको लागि पठाएकोमा उपचारको क्रममा शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुमा ऐ,२०:३५ बजेको समयमा मृत्यु भएको छ र सोहि स्थानमै पैदल हिडिरहेका भारत घर भई हाल ऐ.स्थित क्रेसरमा काम गर्ने बर्ष अं.२२।२३ को लल्लु भाकारलाई ठकर दिदाँ निजको शरिरमा चोट, अबस्था सामान्य, शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुमा उपचार भईरहेको छ । उक्त दुर्घटनामा ई.प्र.का.बहादुरगंज कपिलवस्तुबाट प्र.ना.नि. अभय रावतको कमाण्डमा १० जनाको टोलि र ई.प्र.का. गणेशपुरबाट प्र.नि.मधु नेपालको कमाण्डमा १० जनाको टोलि खटि गई ठक्कर दिने बस र चालक लाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाहि गर्ने सहमति भई बाटो पुर्ण रुपमा सुचारु भएको छ ।