विप्लप कार्यकर्ता पक्राउ

दाङ, १३ मंसिर
घोराही उप-महानगरपालिका वडा नं. १५ महेन्द्र बहुमुखी क्याम्पस नजिकै जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्र.ना.नि.बिनोद सिंह ठकुरीको टोलीले बाटोमा शंकास्पद अबस्थामा हिडिरहेको ऐ.बस्ने बर्ष १९ को अनिल के.सी. लाई सोधपुछको लागी जिल्ला प्रहरी कार्यालय दाङमा पठाईएको छ । निज प्रतिबन्धित ने.क.पा.(विप्लप) समुहको अखिल क्रान्तिकारी दाङ जिल्ला अध्यक्ष रहेको भन्ने खुल्न आएको,थप अनुसन्धान भई रहेको छ ।