आगलागीबाट धनमाल नष्ट

बाँके, १३ मंसिर
जानकी गाउँपालिका वडा नं.६ गनापुर बस्ने सोनु गुप्ताको गुप्ता मोबाईल ग्यालरीमा अन्दाजी राती ०१:०० बजेको समयमा बिजुलीको लाइन सट हुनगई अचानक आगलागी हुदा ग्यालरी भित्र रहेका बिभिन्न कम्पनीका मोबाईल थान -१५, प्रिन्टर मेसिन थान -१,साउण्ड बक्स थान -१, लेमिसन मेसिन थान -१, SM मोबाईल मेसिन थान -१, ईनिवाटर मेसिन थान -१, वाईफाइ राउटर-१ सामान जली नष्ट भएको मानबिय र चौपाया क्षेती केही नभएको अं.१,५०,०००।-(एक लाख पचास हजार ) बराबरको क्षेती भएको छ । प्रहरी र स्थानियको सहयोगमा उक्त आगलागी ऐ.०१:३० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।