बालिका बेहोस

मंसिर १५, दाङ
राप्ती गाउँपालिका वडा नं. ४ नयाँगाउ बस्ने सुन्तलि सार्कीलाई अपरिचित व्यक्तिले नाम नखुलेको बस्तु सुँघाई बेहोस बनाई फरार भएका छन् । सार्की आफ्नै घर बाहिर बसिरहेको अबस्थामा अपरिचित ब्यक्ती आई नाकमा केही चिज सुँघाई दिएकाले सुन्तली सार्की बेहोस भएकी हुन् । हाल निजको उपचार लमही अस्पताल, लमही दाङमा भई रहेको छ भने फरार व्यक्तिको खोजतलास समेत भई रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।