सवारी दुर्घटनाबाट मृत्यु

मंसिर १५, रोल्पा
रोल्पामा चलिरहेको ट्याक्टरबाट खस्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिलस्मृति गा.पा.२ खुंग्री बस्ने जोखे परियारको छोरा बर्ष २७ को दिल बहादुर परियार रहेका छन् । मिति २०७६।०८।१५ गते ०७:४० बजेको समयमा मिझिङबाट सुलिचौरतर्फ आउदै गरेको लु.४ त. ३२३२ नं. को ट्याक्टरबाट खस्दा दिल बहादुर परियार घाइते भएका हुन् । घाईते परियारको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा ऐ. ०९:०० बजे मृत्यु भएको छ ।